भोटेकोसीको बहाब बढ्दा धादिङमा त्रिशूलीले बगायो ४ घर, अन्य घर पनि जोखिममा
धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चारवटा घर बगाएको छ।आइतबार बिहान भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाब बढेपछि नदी आसपासका घर भत्किएका हुन्। धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार त्रिशूली नदीको बहाब बढेपछि नदीले कटान गर्दा चिरौदीमा रहेका चारवटा घर बगाएको हो।बाढीका कारण सोही क्षेत्रका थप ५ देखि ६ वटा घरसमेत जोखिममा परेका छन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







